History

Historical Background of Nepal Family.

 

नेपाल बंशजपरिषद् बंशावलि प्रकशिनी समिति द्वारा प्रकाशित कौशिकादि सन्ततिका अनुसार कौशिकादी सन्तान को उत्पत्ती समय देखि नेपाल बंसको शुरु अबस्था सम्मको अबधिमा भएको बंसविस्तारलाइ बिभिन्न काल खण्डमा बिभाजन गरिएको छ ।

 जस अनुसार आदिनारायण आदी पुरुष जगल्लय देखी १९सौं पुस्ताका कुशाम्बका गाधिराज कौशिक ( बंश प्रबर्तक पुरुष ) सम्मको अबधी लाई पूर्वपुराणकाल,

२०सौं पुस्ताका विश्वामित्र ( पंचगौड्मध्ये एक; विद्वत्त प्राप्त भएपछिका मन्त्रद्रष्टा महर्षि सप्तर्षिमा एक ; गोत्र प्रबर्तक् ; स्थितप्रज्ञ प्रबर् पुरुष ) देखि २८सौं पुस्ताका भिण्डार सम्म उत्तरपुराणकाल,

२९सौं पुस्ताका सतदेव देखि ५५ पुस्ताका श्रिनाथ पंडित ( देवझुल ग्राम,खशमन्डल, केदार ) सम्मको अबधि पुर्बप्राचिनकाल,

५६ पुस्ताका पर्बत पंडित ( कर्ण प्रयाग बाट सिजा शेरिढुस्का प्रबेश ) देखि ६४ पुस्ताका परमाकर पण्डित सम्म उत्तरप्राचिनकाल,

कौशिकादी सन्तती मा उल्लेख भए अनुसार उत्तर प्राचिन कालमा
५६-पर्वत पण्डित ( कर्णप्रयाग बाट शेरिढुस्का जुम्ला प्रबेश)
५७-सुपर्व पण्डित (खश राजाका परामर्शदाता, लब्धप्रतिष्ठित)
५८-वसु पण्डित (परम भट्टारक देवराजको समय )
५९-बालक पण्डित ( खप्तड राज्यमा लब्धप्रतिष्ठित)
६०-जयन्त पण्डित
६१-अनन्त पण्डित
६२-सर्वेश्वर पण्डित
६३-शोभाकर पण्डित
६४-परमाकर पण्डित (
खशसम्राट जितारि मल्लका दरबारिया पंडित, प्रकाण्ड बिद्वान्, लब्धप्रतिष्ठ ज्योतिर्बिद्)

६५ पुस्ताका ( परमाकर पण्डित पुत्र ) भास्कर पंडित  देखि ७१ पुस्ताका परमानन्द लगायत् श्रिनन्द  सम्मको समयलाइमाध्यमिककाल र

७२ पुस्ताका जाजागुरु, जगतगुरु, देवगुरु, परमगुरु पछिका बंसजलाइ आधुनिक काल भनि बर्गिकरण गरिएकोछ ।

उक्त पुस्तकको अध्ययनबाट जानकारि भएका केहि कुराहरु निम्न अनुसार छन - 

नेपाल बंसका सगोत्री बन्धुहरुमा घ्रितकौशिक गोत्र भएका सुतारकार्की ( कार्की ), बराल, खनाल, पंडित, भट्ट डोटेल्, जोशि, कुशौला-पांडे, बिंडाल, जिरे, काशीया, थापा, नेमि, कुशे, बाजपेयी, रेग्मि आदि पर्दछन ।

परमाकर पंडित  खशसम्राट जितारि मल्लका दरबारिया पंडित, प्रकाण्ड बिद्वान्, लब्धप्रतिष्ठ ज्योतिर्बिद् र चर्चित् पुरुष थिये । यिनका पुत्र भास्कर पंडितका ३ भाइ छोरा हुन ।

जेठा   जयगुणाकर पंडितका सन्तानहरु पुरानै थलो शेरिढुस्का ( जुम्ला ), ब्रह्मतोला ( बाजुरा ) घुंघुरकोट ( आछाम ) प्युठान, पाल्पा, कास्कि, तनहुं, गोर्खा, दोलखा, खोटाङ्, आदि बिभिन्न ठाउँमा रहन्छन् ।

माहिला  जयबिद्याधर  पंडितको जन्म सम्बत् १२९६ मा शेरिढुस्का जुम्लामा भएको थियो, उनि नेपा बिर्ता प्राप्तगरेका प्रकाण्ड बिद्वान् साथै खशराजप्रासाद दुल्लुका लब्धप्रतिष्ठित पंडित एवं बिषेश राजकिय प्रतिष्ठा प्राप्त ब्यक्तित्व थिए भन्ने कुरा संबत् १३२७ को अभिलेखले पुष्टि गरेको देखिन्छ ।

कान्छा छोरा जयन्त पंडितका सन्तानको भने पत्तो लगेको छैन।

जयबिद्याधर पंडितका ४ भाइ छोरा आफ्नो बसाइ तथा पदिय आधारमा निम्न अनुसार ४ वटा थरमा बिभक्त भएर रहेको पाइन्छ जस अनुसर

जेठा-  सर्बज्ञधर (पंडित) नेपाल ( सर्बुपंडित ) नेपा ( दैलेख ) बिर्तामा बसोबास भएकाले यिनलाइ सर्बापाध्या नेपाल पनि भन्दथे ।

माहिला- जशोधर् ( पंडित ) कार्कि ( जशु कार्कि ) सुतार्कोट् ( दैलेख ) का कार्कि पदमा नियुक्ति पाएपछि सुतारकार्की कहलाएका ।

साहिंला- जयधर ( पंडित ) बराल ( जयतु बराल ) बारला ग्राम्, ( आछाम )का बिर्तावार बराल सन्तति का पुर्खा ।

कान्छा- गुणरत्नाकर ( पंडित ) खनाल ( गुनापंडित ) नामले प्रख्यात, खन ग्राम ( अर्घाखांचि ) बिर्ता प्राप्त गरेपछि खनाल थर भएका ।  ( सेनबंशी राजा बसुसेन का दरबारमा बिशेष सम्मानित पंडित भगिबन्त खनालका पिता ) 

सर्बज्ञधरका छोरा धैबुपाध्याले खशसम्राट् आदित्यमल्ल देवबाट झिल्तुङ्,र बरतुङ् (बोरलाङ्) बिर्ता प्राप्तगरि यिनका सन्तति बाग्मति प्रदेश् तर्फ छन् ।

कान्छा दैबुपाध्याले ( सर्ददेव ग्राम ) शर्देवा पाल्पा बिर्ता प्राप्तगरि यिनका सन्तति गण्डकि प्रदेश तर्फ बसोबास गरेका छन ।

नेपाल बन्धुहरु दैलेखको दुल्लु नजिकै पर्ने नेपाबिर्ता बाट नेपाल अधीराज्यका बिभिन्न स्थानहरु तथा देश-बिदेशमा बिस्तार हुदैगए । नेपाल बंसका ब्यक्ति हरुको अत्यधिक बसोबास भयेका क्षेत्र यस प्रकार छन - सिगौडि, साताला, सिमगाउँ, पाल्पा, झिल्टुङ्-नुवकोट, सिपामण्डन, स्याङ्जा, कास्कि, दाप्चा, लिस्पु, हङ्चुर, चैनपुर, धनकुट्टा-छुम्लिङ्, काठमान्डु, भक्तपुर, ललितपुर, खोटाङ्-सिम्पानि, ताप्लेजुङ्, सुनसरि, मोरङ्, झापा, दार्जिलिङ्, आसाम, लगायत देश-बिदेशमा फैलिएर रहेकाछन्।

नेपाल सन्ततिहरुको बसोबास हाल नेपाल राज्यमा मात्र सिमित नभएर  बिश्वब्यापि रुपमा फैलिएको छ तापनि बाहुल्यता को हिसाबले मुख्य विस्तार केन्द्र ५ वटा क्षेत्र मानिएकोछ जो यस्प्रकार छन .

१- दैलेख शाखा,       २- पाल्पा शाखा,       ३- झिल्टुङ शाखा,       ४- मण्डन शाखा,      ५- भोजपुर शाखा,

कुल देवता पुजा सम्बन्धमा-
 
नेपाल बन्धुले कुलदेवताको पुजागर्ने प्रचलन धेरैपुरानो हो। कुलपुजा बैशाख शुक्ल पुर्णिमा ( चण्डिपुर्णिमा ) अथवा मार्ग शुक्ल पुर्णिमा (धान्यपुर्णिमा)को दिन पारेर गर्ने गरिन्छ। छेत्र अनुसार यो पुजा गर्ने अन्तराल भने फरक फरक भयेको पाइन्छ। कतै बर्सेनि गरिन्छ भने कतै ३/३ बर्षमा त कतै ५ बर्षमा गरिन्छ।
कुलपुजा गर्दा ६ कोष्ठमा स्थापना गरिने कुलदेवता १० थरिका हुन्छन्। पहिलो कोष्ठमा मुख्य कुलदेवता महामष्टमण्डली (मष्ट भनेका शिवका प्रतिक) र उनको शिरोभागमा महासरस्वती र मरुतेश्वर स्थापना गरिन्छ। दोश्रो कोठामा ऐरा भनेका  अहिर अर्थात् पशुपालकका प्रतिक गोठदेवता हुन् र शिकारि बनजङ्गलका रक्षक बनदेवता हुन्। तेश्रा काणाब्रह्म भनेका कुलका भान्जा हुन्। चौथो बर्गमा देवी देउराली भनेर अन्नपुर्णा र सिमे भुमे क्षेत्रपाललाइ भनिएकोहो। पाचौंमा गौरा पार्वता र छैटौं बिन्दबसिनी भनेका ग्रामदेविका प्रतिक हुन्। सातौं गंगा, भवानी र सरस्वती कुल गोत्र र परम्पराले मानेका इष्टदेवी हुन् भने आठौं श्मशानी गौतम् गोत्रका तिवारिका छाया तथा नवौं सुनाझांक्री र दशौं बेताल भैरव बाह्य आक्रमण, बज्रपात, आँधिबेरि बाढिपैरो आदिको प्रकोप रक्षाको प्रतिक भनिएकोछ।

रोचक प्रसङ्ग -

      हाम्रो थर र देशको नाम यौटै पर्न गयेको सम्बन्धमा यसो भनिन्छ -

१- पहिले हाम्रा पुर्खालाइ 'थरिपंडित' भन्थे अरे । नेपा गाउँ बिर्ता प्राप्तगरि बसोबास गर्नाले थरै नेपाल रहन गयो त्यस्बखतमा "नेपाल" राष्ट्रलाइ गोर्खाराज्य भन्ने गर्थे पछि संयोगबस देशको नाउँ पनि नेपाल रहन जांदा यस्तो पर्न आएको हो ।

 पाल्पालि सेनराजा संगको भेट -

२- पाल्पालि सेनराजा को उदारताको प्रशंसा सुनि कान्छा भाइ परमगुरु लाइ सिपा-मण्डन बिर्ता छाडि जाजागुरु, जगतगुरु, र देवगुरु पश्चिम तर्फलागि कास्की बेगनाश बिर्ता हुंदै पाल्पा दरबारमा पुग्दा राजा शिकार गएकाले भेटभएन आशिर्बाद स्वरुप राजदरबार अगडि मौलोमा पातिको पात राखेर बेगनाश फिर्ता भये। राजा आएपछि दिउसो ३ जना ब्राह्मण आएर आशिर्वाद छाडि गएको जाहेर हुंदा ति पात् ल्याउन आदेश् भयो तर पातहरु झाङिएर आएको देखि राजाले ति प्रकाण्ड बिद्वान हुन भन्ने थाहा पाइ तत्काल् खोजि ल्याउन राजपार्षद खटाए । ति ३ भाइ आपसमा सल्लाहगरि साहिंला भाइ देवगुरुलाइ राजा भेट्न पाल्पा पठाइ बेगनाश बिर्ता जाजा पुत्र भागिरथ नेपाल जिम्मा लगाइ जाजागुरु र जगतगुरु पुर्ख्यौलि थलो नेपा दैलेख गएर नेपाबिर्तामै बसोबस् गरे।

कौशिकादिसन्तती बाट केहि टिपोट् -

-  धिन्नुपाध्या का छोरा बिशाखर उपाध्याय नेपाल ले " संवत १९९२ साल देखी नेपाल थर को ठाउँमा खनाल थर लेख्ने गरेछन । संवत २०३६ साल चैत्रमसान्तसम्म दैलेख जिल्लाभरका नेपालहरु आफ्नो थर 'खनाल' बताउथे । मिती २०३७ ।०१ ।१६ गते नेपाबिर्ता-दहथानामा शिर्वाचन महायज्ञको पुर्णाहुती गरेर संवत १८५२ सालको लाल्मोहर बाचन श्रवण गरेपछी धेरै समझदारहरु भुल महशुस गरी यथार्थ तिर फर्किएका हुन ।"
      साभार्:- कौशिकादी सन्तती पेज्- २९४

-  " कौशिकदि सन्ततिका पितृभूमी पुण्यस्थली नेपा का दायाँ वायाँ भएर पुर्व देखी पश्चिम्मुखी बग्ने नदिहरु पुर्व देखी क्रमश: यिनी हुन :- कट्टि, लोरे (गौरी नदी) तारा, श्यामा, धुमा, रुद्रमती को सँगम भएर बग्ने श्यामागाड्, नेपागाड्, देवागाड्, रामागाड यि सबै देववाची नदिहरु गएर कर्णालीका अगाध जलधारामा आत्मसात हुन्छन ।"

      साभार्:- कौशिकादी सन्तती पेज्- ३१

चिन्तुका छोरा परमान्द, चोसुका नाति कौमुदि पाध्या, मुसुका छोरा बच्चु पाध्या झिल्तुङ्, बोर्लाङ बाट मण्डन आयेका हुन्। नेपालहरु को कोल्पुतार् बिर्ता बसुदाखर बराललाइ दिएर बदलामा मण्डन बिर्ता लियेका हुन् ।

Paramananda, Chosu’s Grand son Kaumudipadhya and Musupadhya’s son Bachchupadhya along with his son  migrated from kolputar virta  to Sipa Mandan Virtaas a result of exchange of virta with Baral Bandhu Basudakhar with the help of the then king of Sindhukot king SHISHU MALLA. Later on Parmanand was able to add few more virta like Srichaur, Sipa Bansabari,Sindhu kanpura, Dadhuwa,Sirubari,Sipa Pokhari and started residing at Kanpur Nangkhel.

 

Bhaskar Sharma Nepal Says in his facebook post on Baishakh 27-2070 is as follows .....

  • Kaushik/Koushik is ancient Indian'Gotra' applied to an indo-aryan clan. Origin of Kaushik can be referenced to an ancient Hindu text. There was a Rishi (saint) by the name of "Vishvamitra" literally meaning 'friend of the universe','vishwa' as in universe and mitra as in 'friend', he was also called as Rishi "Kaushik".[1] Vishvamitra is famous in many legendary stories and in different works of Hindu mythology. It most notably refers to Chhatrapati Shivaji.
    RaigadFort5Chhatrapati Shivaji Raje Bhosle (statue at Raigad)
    AfilAdded by Afil
    Contents
    [show]
    Kaushik / Vishwamitra Gotra's

    There are two gotras, or lineages, bearing the name of Visvamitra.

    Kousikh Gotra People belonging to Kaushika (Kaushik/Kousikh/Kousikasa/Kousikha/Kausika/Ghrit kaushika) Gotra take Rajarishi Kaushika as their root. Kaushika was son of Vishvamitra.11 96 of the royal clans of Marathas belong to Kaushik gotra including the illustrious house of Shivaji and Rashtrakutas. 2 more clans belong to the Vishvamitra gotra. Kaushika gotra also belongs to Baish clan of rajput which includes in the suryavanshi rajput, one of the oldest and biggest Kshatriya/Chattari clan of Vedic India.

    Kousikh/Kaushik is a gotra of influential Cchatri´s as well as Brahmins (he who does priestly labour) of Punjab and Haryana also some Anavil Brahmins (Desai) from Gujarat. Brahmins consider themselves the descendants of the seven main sages, Angiras, Bhrugu, Vishvamitra, Kashyap, Vasishtha, Atri and Agasti. Of these sages Vishvamitra was part Kshatriya (descendant of thhouse of Puru) , so Kaushik gotra is also of Kshatriyas.

    Its origin lies in the Rig-Veda; ancient Sanskrit language. Kaushik was the son of Kushika an Indian Kshatriya legend.

    Visvamitra Gotra People belonging to the Visvamitra Gotra consider Brahmarishi Visvamitra as their ancestor. There is an off-shoot of "Vishvamitra Gotra" called "Chakita Vishvamitra Gotra". Two explanations have been suggested for this off-shoot. The group is supposed to have sprung from a "surprised" reaction of Vishvamitra. The other, more likely, explanation, is that a group of descendants decided to split from the main group and started their own branch of this line.

    Vishvamitra descendants still use Kaushik as their first or last name. This is how majority of the Hindu names were followed. This system of following Rishis' name as the last name was the foundation of "Gautra" in Hindu philosophy. Gautra is used to trace back ancestry especially at the time of marriages till today. Kaushik as the last name is mostly seen in Uttar Pradesh and Haryana (Northern India). for e.g. ARUN KAUSHIK. Kaushik is also commonly used as a first name (mostly used by people in West Bengal,Tamil Nadu, Gujarat and Karnataka in India and Bangladesh). for e.g. KAUSHIK RAMASWAMY
     
  • n ancient period and This Gotra name is taken from Biswamitra risi whose another name is kaushik too.we are not kanyakubja brahamin we are gaur brahamin and descendants of Viswamitra rishi.
     
    वासु देव नेपाल द्वरा ब्यक्त विचार:-

    तात्तस्त्रितयेतिः सूत्रानुसार घृतकौशिक गोत्रको सर्वतोभावेन तीन प्रवर हुन्छ। प्रवरपुरुषमाः घृतकौशिक अघमर्षण विश्वामित्र पर्दछन्। कारण घृतकौशिक ऋषि गोत्रप्रवर्तक मात्र होइनन् प्रवरपुरुष पनि हुन्।उनकापुत्र सम्वर्तबाट गोत्र चलेकोले प्रवरपुरुषमा विवाद रहेन।यहा रह्यो लोकमा यदाकदा प्रचलित प्रवरको वैकल्पिक प्रयोग ।विकल्पमा प्रयोग भएका प्रकार यस्ता पाइन्छन्।घृतकौशिक सालकायन विश्वामित्र वा घृतकौशिक कुशिक विश्वामित्र। विश्वामित्रापत्यो पुमानीति यस्य सः पुरुष वैश्वामित्र । जो मान्छे विश्वामित्रको छोरो हो त्यही वैश्वामित्र कहिन्छ।नियम अनुसार विश्वामित्रका छोरालाई वैश्वामित्र भन्नु पर्छ नै। पर्वतको समास पार्वत्य हुने हिसावले पनि वैश्वामित्र समास विश्वामित्रपुत्रमा हुन्छ। अघमर्षण कुशेशय र कुशिक नाम वैश्वामित्रको खास नाम हो इतरपुरुष हैन।तसर्थ द्विप्रवरवाच्य भित्र विश्वामित्रपुरुष अनुगृहीत छैनन् जानिजानी छोडिएका छन्। ब्राह्मणको अस्मिता गायत्री उपासना र हव्यकव्य प्रकरणमा सन्नीभूत र जीवन्त रहेको छ। ब्राह्मणनीति एवं ब्राह्मणग्रन्थका अनुसार ब्राह्मण शब्दको अर्थ गर्दा पनि ब्राह्मण वेदविद् हुनै पर्छ ।ब्राह्मण वेदवादी हुनु अावश्यक छ जसले वेदको मर्म बुझेको छ ब्राह्मण कर्मेष्ठीहुनु अावश्यक छ जसले हव्यकव्य एवं तन्त्रमन्त्रका शाश्वत नियम विधानहरु मनन गरेको छ। यस अाधारमा पनि विश्वामित्रलाई हेय दृष्टिले हेर्नु त सूर्यतर्फ फर्केर थुक्नु जत्तिकै हुनेछ। अस्तु !!

    साभार :- Face book post

     

     

Total People: 20065

Search Person